‘खराब शासक भएको देशमा असल मान्छेलाई जेलमा हाल्नु नौलो होइन ‘

२०७८ श्रावण २ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता  सुदर्शनले  खराब शासक भएको देशमा असल मान्छेहरु जेलमा हुनु नौलो नभएको बताएका छन।  नेता सुदर्शनले सर्बोच्च अदालतको आदेश वाट रिहा भए पछि आयोजित सम्मान कार्यक्रमलाई सम्बोधनगर्दै सो कुरा बताएका हुन् ।  नेता  सुदर्शनले पंचायतदेखि जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म आइपुग्दा पटकपटक जेलमा परेको बताउदै  आफ्नो लागि जेल नयाँ नभएको बताए ।  नेता सुदर्शनले नेपालका धेरै नेताहरु जेलमा जीवन बिताएर सत्तामा पुगेको उल्लेख गर्दै  सत्तामा पुगेपछि जेलमा भोगेको दुःख र अवस्थालाई भुलेको  बताए ।   उनले  पार्टीले अगाडि सारेका जनमत संग्रहको एजेण्डा सहि भएको बताउँदै  अब जनतालाई व्यवस्था छान्न दिनुपर्ने बताए । जनतन्त्र ल्याउन जनताको मन जित्नुपर्ने बताए । सत्ता बदल्न सरकार मात्र बदलेर नहुने ठोकुवा गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माइला लामालगायतका नेता – कार्यकर्ताले सुदर्शनलाई स्वागत गरेका थिए  ।

प्रतिक्रियाहरु

[anycomment]