‘दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूर्णरुपले असफल’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूर्णरुपले असफल भएकोले वैज्ञानिक समाजवाद सम्भव भएको ठोकुवा गरेका छन। सो पार्टीको ललितपुर जिल्लाको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूर्णरुपले असफल भएकोले वैज्ञानिक समाजवाद सम्भव छ र त्यसको निम्ति आवश्यक परे जनताको जनमतद्वारा छनोट गर्न सकिने भनि जनमत सङ्ग्रह गरेर छिनोफानो गर्न राजनीतिक कार्यनीति अगाडि सारेको बताए । उनले तीनबुँदे सहमति आजको अपिहार्य आवश्यकता भएको हुँदा नेता कार्यकर्ताहरू कहिकतै विचलित नभई ढुक्क भएर पार्टीको लाइनलाई जनता सामू प्रस्तुत गर्न अपिलसमेत गरेक छन ।
जिल्ला सचिव विशालको अध्यक्षतामा बसेको उक्त वैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव रहेका थिए भने अतिथिहरूमा पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हितमान, केन्द्रीय कार्यालय सचिव असल, स्कुलिङ विभागका विपिन, बिशेष जिल्ला सचिव कुमाल, जिल्ला नेताहरू रुपसिंह, सुरेश लामा र शंकर खत्री रहेका थिए ।
जिल्ला बैठकले ३ महिने सङ्गठन सुदृढ, विस्तार तथा सचेतना अभियान सञ्चालन गर्ने निर्यण गरेको छ । साथै वैज्ञानिक समाजवादको निर्माणका लागि राष्ट्रवादी, प्रगतिशील, वामपन्थीहरूसँग छलफल र अन्तक्रिया गरि व्यापक पहल गर्ने निर्यणसमेत गरेको छ ।