भाडादर अनुगमन गर्दा युवा संगठनका ८ जना सदस्य गिराफ्तार

काठमाडौँ । युवा संगठन नेपालले कपिलवस्तुले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धिविरुद्ध अनुगमन गर्ने ८ जना युवाहरुलाई प्रहरीले गिफ्तार गरेको छ । उनीहरुले संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत कपिलवस्तुमा भाडाबृद्धिविरुद्ध अनुगमन अनुगमन गरि रहदा प्रहरीले गिरफ्तार गरेको हो । सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुहरुले अत्यधिक भाडा लिएको गुनासो गरेपछि युवा संगठनले अनुगमन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
जिल्ला अध्यक्ष बादलको नेतृत्वमा अनुगमनका लागी सार्वजनिक यातायातका कर्मचारी र यात्रुसँग कुराकानी गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका संगठनका युवाहरुलाई विनाशर्त तत्काल रिहाई गर्न लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले बताएका छन् ।