नेकपाको बैठक स्थलमा प्रहरीको खानतलासी !

२०७८ श्रावण ४ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीको लम्की स्थित लम्की पाहुनाघरमा साउन १ गतेदेखि सञ्चालन शूरु भई ३ गते वैठक सम्पन्न भए लगत्तै प्रहरी प्रवेश गरी अनावश्यक खानतलासी गरेर आतङ्कित पार्ने काम गरेको छ । कोरोना संक्रमणका कारण लामो समयको अन्तरालपछि वसेको वैठकमा प्रहरीले छापा मारेर अनावश्यक आतंकीत पार्ने काम गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज ओमप्रकाश पुनले यस्ता खालका उत्तेजित पार्ने गतिविधि नगर्न सरकारलाई चेतावनी दिए । उनले शान्तिपूर्ण गतिविधि गरिरहेको आफ्ना पार्टीका नेताकार्यकर्ताहरुलाई आतंकित पार्ने काम गर्नु सरकारसँग भएको गत फागुन २१ को ३ बुँदे सहमतिको मर्म विपरित भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]