उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन । श्रेष्ठ ललितपुरस्थित हात्तीवनमा लिटिल एन्जल्स स्कूल तथा कलेज सञ्चालक हुन्। प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आइतबार सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।