एसएसबीको ज्यादती : तुईन काटेर नेपाली युवालाई महाकालीमा खसाल्यो !

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर एक नेपाली युवालाई महाकालीमा खसालेर बेपता बनाएको छ । (एसएसबी)ले तुइनको डोरी निकालिदिँदा दार्चुला व्यासका३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपता भएका हुन । धामी वैदेशिक रोजगारीका लागि साथीहरुसँगै निस्किएका थिए । साथीहरु तुईनबाट पारी तरेपछि उनी तुईनमा बसेर तर्दैथिए । अचानक एसएसबीले तुईन नै काटिदिएपछि उनी महाकालीनदीमा खसे । त्यसपछि उनको अवस्था अहिले सम्म पत्ता लागेको छैन ।