देजमोद्वारा एसएसबीको अपराधिक कार्यको विरोध

काठमाडौं । देजमोले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यासका३५ वर्षीय जयसिंह धामीलाई महाकालीमा खसालेर हत्या गरेको भन्दै बिरोध जनाएको छ । सो संगठनका अध्यक्ष सीपी गजुरेलले विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न/गराउनसरकारसँग जोडदार माग गरिएको छ ।
यही श्रावण १५ गते व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दु:खको घटना दार्चुलाको व्यास–२ मालघाटमा नेपाल–भारत सीमा नदी माथिको तुइन शुक्रबार एसएसबीले फुकाल्दा ३५ वर्षीय युवक जयसिंह धामी बेपत्ता भएका छन ।