चार कम्युनिष्ट पार्टीद्वारा भारतीय सिमा सुरक्षा बलको ज्यादतिको निन्दा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी,नेकपा (क्रान्तिकारी माओबादी ) , नेकपा वैज्ञानिक समाजवादी र ऋषि कट्टेल नेतृत्वको कम्युनिष्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटना अमानवीय, आततयी र वर्बरतापुर्ण भएको जनाउदै उक्त घटनाको कडा निन्दा गरेका छन । चार कम्युनिष्ट पार्टीले शनिबार संयुक्त बिज्ञप्ति जारी गर्दै उक्त घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप भएको उल्लेख गर्दै वेपत्ता जयसिँह धामीको अवस्था सार्वजनिक गर्न, पिडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न र दोषीलाई शिघ्रातिसिघ्र कारवाही गर्न जोडदार मागसमेत गरेका छन।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका महा सचिब विप्लब ,नेकपा (क्रान्तिकारी माओबादी )महासचिब किरण , नेकपा वैज्ञानिक समाजवादीका संयोजक आहुति र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “१) हिजो दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न. २ का ३५ वर्षिय नेपाली नागरिक जयसिँह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुईन तर्दा भारतीय सिमा सुरक्षा बल (SSB) ले पांगन तिरको तुईन फुत्काउँदा जयसिँह धामी नदीमा खरेर हाल सम्म वेपत्ता हुनुहुन्छ ।
यो अमानवीय, आततयी र वर्वरतापुर्ण घटनाको हामी चार कम्युनिष्ट पार्टी कडा निन्दा र भ्रत्र्सना गर्दछौ ।
२) यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप हो । यो घटनाबाट वेपत्ता जयसिँह धामीको अवस्था सार्वजनिक गर्न, पीडीत परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शिघ्रातिसिघ्र कारवाही गर्न विश्वासिलो छानविन अगाडी बढाउन नेपाल सरकारसंग हामी चार पार्टी जोडदार माग गर्दछौ ।
३) मालाघाट तुईन घटना नेपालको राष्ट्रिय स्वाधिनता र ने पाली जनताको स्वनिर्णयको अधिकारको विरुद्ध हेपाहा र षड्यन्त्रमुलक घटना भएको हुनाले राष्ट्रिय मुक्ति र जनमुक्तिका पक्षधर आम नेपाली जनतालाई यसको डटेर प्रतिरोध गर्न विशेष आह्वान गर्दछौ ।
४) यथासक्य घटनाको वास्तविकता नेपाली जनताको वीचमा सार्वजनिक गर्न र दोषीमाथि कारवाही गर्न ढिला गरियो भने हामी चार पार्टी जनसंघर्षमा जान वाध्य हुनेछौ ।”