नेकपा दार्चुला घटनाको विरोधमा देशव्यापी विरोध सभा गर्दै

२०७८ श्रावण १८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा आज देशव्यापी विरोध सभा गर्न लागेको छ । नेकपाले पुर्वघोषित संघर्षको कार्यक्रमअनुसार नेकपाले आज दिउसो २ बजे देशव्यापी विरोध सभा गर्न लागेको हो । घोषित कार्यक्रम अनुसार नेकपाले आज काठमाडौँमा नेकपाले सुन्धाराबाट जुलुस सुरु गर्ने र न्यूरोड, भोटाहिटी हुँदै जुलुस रत्नपार्कमा विरोध सभामा परिणत हुने नेकपा केन्द्रीय सदस्य नविनले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागी हुन नेताकार्यकर्ता, देशभक्त, प्रगतिशील शक्तिहरु, सञ्चारकर्मी तथा आम जनसमुदायहरुमा हार्दिक अपिलसमेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]