नेकपा कालिकोटद्वारा दार्चुला घटनाको बिरोधमा जिल्लाभर बिरोध सभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले यही श्रावण १५ गते दार्चुला जिल्लाको ब्यास गाउपालीकामा तुईन तर्दा भारतिय सिमा सुरक्षा बलSSB ले तुइन काटेर महाकाली नदीमा बेपत्ता पारेको घटनाबिरुद्द जिल्लाका सबै स्थानिय तहहरुमा बिरोध सभा सम्पन्न गरेको छ । सदरमुकाम मान्ममा सयुक्त जनबर्गिय संगठनको अायोजनामा बिरोध सभा गरिएको थियो भने अन्य सबै स्थानिय तहमा नेकपा नगरकमिटी र गाउकमिटी को अायोजनामा भब्य जनसभा गरिएका छन । जस्अनुसार नरहरी नाथ गाउकमिटीको अायोजनामा कुमालगाउ शान्नीत्रिबेणी गाउकमिटीले मेहेलमुडी राष्कोट नगरकमिटीको अायोजनामा अार सिपी बजार पचालझरनाको खार्दु पलाताको धौलागोह शुभकालिकाको ठाटीलगायतका ठाउहरुमा सम्पन्न भएका छन् । मान्म बजारमा गरिएको बिरोध सभालाई दलित मुक्ती मोर्चाका केन्द्रीय सचिवालय सदस्य पदम बि क ले गरेका थिए भने स्थानिय स्तरमा गरेका बिरोध सभालाई जिल्ला कमिटी सदस्यले गरेको कार्यालय सचिब निर्भिक शाहीले बताए । उनका अनुसार सबै बक्ताहरुले दार्चुलाकाे घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कार्बाही गर्न माग गरेका छन् । यदी ढाकछोप गरेर भारतको बचाउ गरे कडा अान्दोलन गर्ने चेतावनी दिएको कुरा सचिव शाहीले जानकारी दिए ।