‘भारतीय ज्यादती तत्काल बन्द गर ‘

२०७८ श्रावण १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बाँके/बर्दिया इन्चार्ज उदयले भारतीय पक्षद्वारा नेपालीमाथि हुने हर-प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी दिएका छन । महाकाली नदि पार गर्ने क्रममा भारतिय सिमा सुरक्षा बल एसएसबीले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामीको हत्याको विरोधमा आयोजित विरोध सभालाईइ सम्बोधन गर्दै नेता उदयले सो चेतावनी दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार गुलरिया बसपार्कदेखि सहिद चोक सम्म निस्किएको विरोध र्‍याली राधाकृष्ण चोक पुगेर सभामा परिणत भएको थियो।
उक्त बिरोध सभा कार्यक्रमको संचालक विशेष कमिटी सदस्य कमरेड बिकास ले गरेका थिए भने कार्यक्रममा जिल्ला सेक्रेटरी गणेश चौधरी, अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी, गुलरिया नगर इन्चार्ज कमरेड धर्ती,बासगढी नगर इन्चार्ज कमरेड शक्ति,बडैयाताल गाउँपालिका इन्चार्ज कमरेड राजेन्द्र,अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हरि प्याकुरेल, मधुबन नगर सचीव चक्र थापा,राजापुर नगर सचीव दिनेश शर्मा लगायत सयौं जनसमुदायको उपस्थिति रहेको थियो ।
साथै नेकपाले लिपुलेक कालापानि सुस्ता नेपालि भु -भाग भएकोले भारतिय पक्ष लाई उक्त भु-भाग छोड्न समेत आग्रह गरेको छ। नेकपा बर्दिया को आयोजना गरेको विरोध र्‍यालिमा भारतिय साम्राज्यवाद- मुर्दावाद! जय सिंह धामिलाइ न्याय दे! नेपाल र नेपाली माथी भएको हत्या हिंसा बन्द गर! १९५० का असमान सन्धि सम्झौता खारेज गर! घटना संलग्न दोषिलाई कारबाही गर! दलाल संसदिय ब्यबस्था मुर्दाबाद! एकीकृत जनक्रान्ती जिन्दाबाद!बैज्ञानिक समाजबाद जिन्दावाद ! नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद! जस्ता नारा गुञ्जिएका थिए। -रमेश प्याकुरेल

प्रतिक्रियाहरु

[anycomment]