‘ जयसिंह धामिकाे हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले जयसिंह धामिकाे हत्याको सत्यतथ्य छानबिन गरी हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल र नेपालीमाथि पटकपटक भारतीयहरू हस्तक्षेप हुँदासमेत भारत र अमेरिकी साम्राज्यवादका दलाल नेताहरूले चुँइक्क नबोलि बसेकोमा आपत्ति जनाएका छन । नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका जयसिंह धामीकाे अमानवीय हत्याविरूद्व आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सो आपत्ति जनाएका हुन । नेता लिम्बुले यो सत्ता र यसका सञ्चालक आफ्नो ढंगबाट नभएर विदेशी दलालहरूकाे इशारामा चलिरहेको बताउँदै यो संसदीय व्यवस्था पुर्ण रूपमा असफल भएको ठोकुवा गरे । उनले भारतले आफ्नो नागरिककाे हत्या गर्दा समेत सरकारले घटनाको छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न आलटाल गरेको भन्दै लिम्बूले आफ्नो नागरिक प्रति जिम्मेवारी बोध गर्न नसक्ने शेरबहादुर देउवा नेतृत्वको सरकारकाे राजिनामासमेत माग गरेका छन् । उनले यो सत्ताकाे एकमात्र विकल्प बैज्ञानिक समाजवाद रहेको बताउदै हिजो सुकुम्बासी जनताको भाेटबाट जनप्रतिनिधि बनेकाहरू नै आज सुकुम्बासी बस्तिमा डोजर चलाउन लागिपरेकाे , गरिब ,मजदुरहरू माथि शोषण गरेको र दलालहरूकाे विरूद्व अब मजदुर सुकुम्बासीले विद्रोह गर्नुपर्ने र त्यसको नेतृत्व पार्टीले गर्ने बताएका छन् ।
दमकमा भएको उक्त विरोध र्मासभामा पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बू , पार्टी केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सुमनसिंह पाैडेल, जिल्ला सचिव प्रशान्त थापा, जिल्ला कार्यालय सचिव संजय राई लगायतका जिल्ला नेता तथा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेको थियोे ।
दमककाे बसपार्कबाट शुरू भएको विरोध र्याली कार्यक्रम पशुहाट , गणतन्त्र चाेक हुँदै आकाशेपुल, गाेर्खा डिपार्टमेन्ट हुँदै पुनः गणतन्त्र चाेकमा आएर कोणसभामा परिणत भएको थियोे । उक्त र्यालिमा विभिन्न नारासहितका प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियोे । र्यालिमा जयसिंहलाई न्याय दे, भारतिय हस्तक्षेप बन्द गर, दलालहरू होसियार, एमसिसी सम्झौता खारेज गर , भारतीय एसएसबी मुर्दावाद, नेपालीहरूकाे जिबन रक्षा गर , घटनाको सत्यतथ्य छानबिन गर, बैज्ञानिक समाजवाद जिन्दावाद , एकिकृत जनक्रान्ती जिन्दावाद लगायतका नारा लगाइएको थियोे ।
उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव संजय राईले सञ्चालन गरेका थिएभने सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूले सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालनका क्रममा भारतीय एसएसबीले अमानवीय तरिकाले हत्या गरिएका जयसिंहलाई सहिद घोषणा गर्न माग गरेका छन्,। आफुहरूले देश र जनताको हितका लागि कुरा उठाउँदै गर्दा , जनताको जिबन रक्षाका निमित्त आवाज उठाउँदै गर्दै , साम्राज्यवादीहरूकाे विरोध गर्दैगर्दा सत्ता सञ्चालक दलालहरूले प्रतिबन्ध समेत लगाएको स्मरण गर्दै बैज्ञानिक समाजवाद प्राप्तिका निमित्त कटिबद्ध भएर लड्ने उद्घोष गरेका थिए ।