नेपाल गुटले डाकेको केन्द्रीय कमिटीको बैठक अनाधिकृत !

काठमाडौं । नेकपा एमालेले माधव नेपाल गुटले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि डाकेको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएको भन्दै विज्ञप्तिमा साउन २१ गते पार्टीले कुनै वैठक नडाकेको उल्लेख गरिएको छ । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भन्दै तामाङले जारी गरेको विज्ञप्तिमा त्यस्ता गतिविधिमा नलाग्न पार्टी कार्याकर्तालाई भनिएको छ ।
पार्टीभित्रको विवादबारे सुझाव लिन भन्दै नेपाल पक्षले बुधबारका लागि आफ्नो समूहको केन्द्रीय कमिटी वैठक डाकेकोमा केही सदस्यहरु उपत्यका बाहिर रहेको भन्दै वैठक विहिबारका लागि सारिएको छ ।
आफ्नो समूहका केन्द्रीय सदस्यहरुको राय लिएर मात्रै नेता नेपालले पार्टी एकता सम्बन्धि निर्णय लिने बुझिएको छ ।
