जनपत्रकार संगठन सुर्खेतकाे जिल्ला सम्मेलन सम्पन्न

२०७८ श्रावण २२ गते, शुक्रबार

काठमाडौं । जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतकाे प्रथम जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनलाई सम्बाेधन गर्दै प्रमख अतिथि एटम बि.सी.ले पत्रकारकाे काँधमा देश र समाजमा रहेका विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्नुका साथै राजनितिकरुपमा प्रगतिशील संयुक्त सरकार निर्माण गर्दै त्यसकाे नेतृत्वमा वैज्ञानिक समाजवाद ठिक कि दलाल संसदवाद ठिक ? भन्ने बिषयमा जनमत संग्रह गराएर याे व्यवस्थाकाे ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्दै देश र जनताकाे मुक्ति, सुख, शान्ति, सम्वृद्धिकाे ग्यारण्टी गर्नमा टेवा पु-याउने मुख्य अभिभारा अाएकाे बताए ।
कार्यक्रमका विशेष अतिथि जनपत्रकार संगठनका केन्द्रिय सदस्य जगदिशनाथ याेगी(राजकुमार)ले जनमत संग्रहकाे महत्व र मर्म बुझेर सफल गराउन पत्रकारले कलम चलाउनु पर्ने जरुरी रहेकाे धारणा व्यक्त गरे ।
सम्मेलनमा नेकपा वीरेन्द्रनगर इञ्चार्ज यामराज, सहीद परिवार समाज केन्द्रिय सदस्य ऐना धमाला, अखिल नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, अखिल क्रान्तिकारी सुर्खेतका जिल्ला उपाध्यक्ष माेहन धामी, प्रलेस कर्णाली प्रदेश सदस्य पृथ्वीबहादुर सिंह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सहिद प्रति श्रद्धाञ्जली र वेपत्ता प्रति सम्मान अर्पण गर्दै प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनकाे आवश्यक तयारीमा लाग्ने समेत निर्णय गरेकाे सम्मेलनले यस प्रकार ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेकाे छ :-अध्यक्ष सिद्धबहादुर खड्का, उपाध्यक्ष हरिलाल महतारा, सचिव माेहन धामी, काेषाध्यक्ष सरस्वती गौतम, सदस्यहरूमा सर्जनसिंह ठकुरी, रतिमान नेपाली, सम्झना पाेख्रेल, भुपेन्द्र राेकाय, जित बहादुर के.सी.,क. प्रभाष, राजेन्द्र विश्वकर्मा ।
जगदिशनाथ याेगी, सिद्धबहादुर खड्का, हरिलाल महतारा र रगवीर विश्वकर्मालाई सम्मान गरेकाे उक्त सम्मेलन सिद्धबहादुर खडकाकाे अध्यक्षतामा सम्पन्न भएको हो । – रगवीर विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]