देउवा सर्वत्र असफल !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेबरहादुर देउवा सर्वत्र असफल भएको ठोकुवा गरेका छन् । उनले तोकिएको समयमा महाधिवेशन हुने आशंका गर्दै सभापतिका रुपमा देउवा असफल भएको आरोप लगाएका हुन्।
सामाजिक संजाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले भनेका छन् – ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर ६महिना थपियो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काग्रेसलाई निर्वाचन आयोगसँग भीक माग्ने निरीह अवस्थामा पुर्याएको छ। यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लावरवाही के हुन्छ? यो देशकै बिडम्बना हो। सवत्र असफल भएका व्यक्ति बारम्बार नै सत्ता सम्हाल्न पुग्छन्।’