नेकपा भोजपुरद्वारा राजनैतिक तथा संगठन सुदृढीकरण अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भोजपुरले आजदेखि २ महिने राजनैतिक तथा संगठन सुदृढीकरण अभियान सुरु गरेको छ। सो पार्टीको केन्द्रीय सदस्य शैलेसको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला सेक्रेटरी नविनको अध्यक्षतामा भोजपुर सदरमुकाममााउन २१ र २२ गते बसेको बैठकले २ महिने राजनैतिक तथा संगठन सुदृढीकरण अभियानलगायत विभिन्न निर्णय गरेको प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।
बैठकले पार्टी पङ्क्तिलाई जनस्तरसम्म पुर्याउन र वैज्ञानिक समाजवादको राजनैतिक आधार तयार गर्न यही , सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा जोड दिने, पार्टीको केन्द्रीय योजनाअनुसार एमसीसी, अरुण तेस्रोविरुद्धको संघर्षलाई व्यवस्थित गर्ने, जिल्लाभित्र देखा परेका विभिन्न विषयसँग सम्बन्धीत जनसरोकार जनजीविकाका विभिन्न संघर्षको कार्यक्रम अघि बढाइने लगायतका अन्य निर्णयहरु गरेको छ ।
