नेकपा चितवनद्वारा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवनको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। चितवनको भरतपुरमा आज सम्पन्न भएको नेकपा चितवनको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी का केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला’कञ्चन’ले प्रशिक्षण दिएका थिए। नेता बास्तोलाले कार्यक्रममा प्रशिक्षणात्म मन्त्वय राख्दै संसदिय व्यवस्था बाहिर फिजाँइए जस्तो लोकतान्त्रिक नभएको बताएका छ्न। उनले भने”वास्तविक लोकतन्त्रमा देशको कार्यकारि प्रमुख संसदबाट मनोनित नभई जनताबाट प्रत्यक्ष चुनिने हुन्छ तर संसदिय व्यवस्थामा देशको कार्यकारी प्रमुख प्रत्यक्ष जननिर्वाचित नभई संसदबाट मनोनित हुने भएकाले संसदिय व्यवस्था अलोकतान्त्रिक व्यवस्था हो।” उनले एकिकृत जनक्रान्ति मार्फत आउने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै किसान, सर्वहारा, विद्यार्थि, शिक्षक, मजदुर, सुकुम्बासि, युवाहरुको सम्पुर्ण समस्या हल गर्न सक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था नै वर्तमान राज्य व्यवस्था दलाल संसदिय व्यवस्थाको उच्चतम विकल्प रहेको बताएका छ्न्। साथै बास्तोलाले अहिलेको दलाल संसदिय व्यवस्था दलालिकरण, माफियाकरण, शिक्षा र स्वास्थ्यमा भएको निजिकरण तथा व्यापारिकरण ,महंगि तथा मुल्यवृद्धि, राजनैतिक अस्थिरता, भ्रष्ट्रचार, बेरोजगारि, युवा पलाएन, देशको राष्ट्रिय स्वाधिनता माथि ठाडो वैदेशिक हस्तक्षेपको कारण भएको आरोप लगाउँदै सबै समस्याको समाधान र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य रहेको समेत बताएका छन।
त्यसैगरी , उनले आज सम्म जनताले चुनाव मार्फत नेता र पार्टी चुनेको तर ति नेता र पार्टीले देशलाई निकास दिन नसकेको भन्दै अब लोकतन्त्रको उच्चतम अभ्यास गर्दै आफुले चाहेको व्यवस्था जनताले नै जनमत संग्रह मार्फत चुन्न पाउनु पर्ने माग गर्दै सम्पुर्ण नेता तथा कार्यकर्तालाई जनमत संग्रहका लागि तयार हुन अपिल समेत गरे।
नेकपा चितवनका सचिव मिनप्रसाद सापकोटाले सञ्चालन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रममा नेकपा चितवनका ईन्चार्ज तथा केन्द्रिय सदस्य सन्देश, केन्द्रिय सदस्य गुणराज लोहनि, विशेष कमिटिका सचिव महेश थारु र विशेष कमिटि सदस्य उत्सव अतिथि रहेका थिए भने अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले स्वागत मन्तव्य राखेका थिए। – केशबराज भट्टराई