नेकपा इलामको नगर भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज भएको भेलाले १३ सदस्यीय नगर कमिटी चयन गर्दै वार्ड इन्चार्ज र सेक्रेटरी तोकेको छ । इलाम नगरका इन्चार्ज अबिनाशको अधक्षतामा भएको भेलाको प्रमुख अतिथी पार्टिका जिल्ला इन्चार्ज सुमनसिंह थिए । त्यस्तै अर्का अथिती जिल्लाका सेक्रेटरी मौसम थिए ।
भेलामा सहभागीहरुलाइ प्रशिक्षण दिंदै सुमनसिंहले भने – हामिले जनमतसंग्रह बाटै ब्यवस्थाको बारेमा फैसला गरौं भनेका छौं यो शान्तिपुर्ण निकासको विधि हो । यदि यो बिधिलाइ संसदवादीहरुले लत्याउछन भने आफ्नो पार्टि परिस्थिती अनुसार जस्तो पनि संघर्ष गर्न तयार रहेको बताए । सबैले जन अपेक्षा अनुसार सांचो कम्युनिस्ट बन्न प्रयत्न गर्नु पर्ने र यसो गरेर मात्र क्रान्तीको नेतृत्व गर्न सक्ने कम्युनिस्ट संगठन निर्माण गर्न सकिन्छ भन्दै सहभागीहरुलाइ बैज्ञानिक समाजवादि सत्ताका बिसेसता अनुसार आंफुलाइ ढालेर जनताको बिचमा प्रस्तुत गर्न भनेका छन । जनताले यतिबेला हाम्रो गुण खोजिरहेको हुनाले कम्युनिस्ट गुणको समृद्धिमा सबैले जोड गर्न पर्ने भन्दै सहभागिलाइ प्रशिक्षित गरेका छन ।
भेलामा जिल्लाको बैठकले तय गरेका आगामी योजनाहरुको बिसयमा जिल्ला सेक्रेटरी मौसमले प्रस्ट पारेका थिए । जिल्लाका सबै जनतालाइ क्रान्तिमा जोड्ने योजना बनाएको भन्दै सम्पुर्ण योजनाहरुलाई इलाम नगरपालिकामा श्रीजनशिल ढंगले कार्यन्वयन गर्न मौसमले निर्देशन गरे ।
कार्यक्रमको संचालन इलाम नगरपालिकाका सेक्रेटरी बिद्रोहिले गरेका थिए । संगठन, राजनिती, संघर्ष , उत्पादन र अन्य बिबिध विषयमा विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै भेला सम्पन्न भएको छ ।