नेकपाका केन्द्रिय सदस्य धामीको घरमा पक्राउपुर्जी टाँस !

२०७८ श्रावण २६ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दार्चुला, बैतडी इन्चार्ज दलबहादुर धामी अग्नीको शुक्लाफाँटा नगरपालिका ७ स्थित घरमा प्रहरीले पक्राउपुर्जी टाँसेको छ । उनलाई राजद्रोह, ज्यानसम्बन्धि कसुर,हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ,संगठित अपराध समेत पाँच वटा अभियोगमा पैतिस दिनभित्र उपस्थित हुन कैलाली जिल्ला अदालतले सुचना जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।केन्द्रिय सदस्य धामीले भने प्रतिबन्धका क्रममा सरकारले लगाएका झुट्टा मुद्धा तीन बुँदे सहमतिमा सरकारले फिर्ता गर्ने सम्झौता भईसकेकाले पक्राउपुर्जी घरमा पठाएर सहमतिको उल्लङ्घन गरेको बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]