दार्चुला घटनामा एसएसबी दोषी : जनअधिकार अभियान मन्च (प्रतिबेदनसहित )

२०७८ श्रावण २७ गते, बुधबार


काठमाडौं । जनअधिकार मन्च नेपालले दार्चुला घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गरेको छ । जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष एकराज भण्डारीले सहजीकरण गरेको पत्रकार सम्मेलनमा सो प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा जयसिंह धामीको घटनाको स्थलगत अनुगमन तथा प्रत्यक्षदर्शीबाट भेटघाट गरी बुझ्दा भारतीय एसएसबीले तुइन फुस्काइदिएपछि धामी महाकाली नदीमा खसी बेपत्ता भएको कुरा पुष्टी भएको उल्लेख गरिएको छ ।
उक्त घटनाको स्थलगत निरीक्षण गरि फर्किएका जनअधिकार अभियान नेपालका सदस्य सन्तोष कोइरालाले प्रतिवेदन सार्वजनिक गर्दै जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी, धामीका परिवार र स्थानीयसँग बुझ्दा एसएसबीले तुइन फुस्काइदिएपछि उक्त दुख घटना हुन् पुगेको पुष्टि भएको बताएका छन् ।


प्रतिवेदनमा भनिएको छ,–‘बेपत्ता पारिएका जयसिंह धामीको अवस्था तत्कालै पत्ता लगाई परिवारलाई जिम्म लगाइयोस् पीडित परिवारलाई शिक्षा स्वास्थ्य तथा रोजगारको तत्कालै प्रबन्ध गर्न र राज्यले अभिभावकत्व ग्रहण गरियोस्, भारतीय एसएसबीले तुइन फुस्काइदिएपछि धामीको परिवार लगायत स्थानीय जनतामा खाद्य संकट लगायतका सामाजिक सांस्कृतिक आवश्यकताको परिपूर्ति गरियोस्, स्थानीय जनताको सुरक्षा तथा आवतजावतको लागि पुल तथा मोटरबाटो लगायतका न्यूनतम पूर्वाधारहरु तदारुकताका साथ निर्माण गरियोस् भारत रनेपालका सम्पूर्ण सिमाना सम्बन्धी विवादहरुलाई कुटनीतिक पहलका साथ तत्कालै समाधान गरियोस् ।’
जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष एकराज भण्डारीले सहजीकरण गरेको पत्रकार सम्मेलन कार्यक्रममा नेपाल सरकारबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्कालै सार्वजनिक गर्न माग गरिएको छ । दार्जुलाको उक्त घटना भारतीय देखादेखि दादागिरी हो भन्दै भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि गरेको गम्भीर अक्षम्य र मानवता विरोधी अपराध हो प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]