युवा संगठन रुकुमद्वारा भाडा वृद्धि तत्काल खारेज गर्न माग

२०७८ श्रावण २९ गते, शुक्रबार


काठमाडौं । युवा संगठन नेपाल रुकुम पश्चिमले वैज्ञानिक भाडादर कायम गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष बिहीबार ज्ञापनपत्र बुझाएको छ । सो संगठन ले यातायात क्षेत्रमा चर्को भाडा बृद्धिले श्रमजीवि जनता मारमा परेको भन्दै तत्काल खारेज गर्न माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । कोभिड १९ महामारीको मौका छोपी तस्कर, माफिया, कालोबजारीया मौलाइरहदा त्यसको प्रत्यक्ष असर श्रमजीवि जनतालाई पर्न गएकाले विभिन्न माग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराएको यवा संगठन नेपाल रुकुम पश्चिमले जानकारी दिएको छ ।
समाजमा हुने गरेका विभिन्न खाले विसंगति, विकृति, शोषण दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, सामाजिक तथा साँस्कृतिक विभेद, लुटपाट र कालोबजारीयाहरुको विरुद्धमा निरन्तर युवा संगठनले संघर्ष गर्दै आइरहेको बताउदै विभिन्न मागहरुसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
जिल्लाभित्र र जिल्लादेखि बाहिर जाने यातायातहरुले लिने गरेको मनोमानी भाडादर तत्काल खारेज गरी ४८ घण्टा भित्रै वैज्ञानिक भाडादर लागू गर्नु पर्ने, कोभिडको महामारीको यस्तो भीषण अवस्थामा पनि स्वास्थ्य मापदण्ड पूरा नगरी गाडिको क्षमता तथा सिट भन्दा बढी यात्रु चढाउने यातायातलाई कारबाहीको दायरामा ल्याउनु पर्ने, कोभिड १९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रण गर्नका लागि गरीब तथा बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य सामग्री वितरण गर्नु पर्ने मागहरु राख्दै यी मागहरुकार्यन्वयन नगरिए आन्दोलनमा उत्रिन बाध्य हुने युवा संगठन नेपाल रुकुम पश्चिमले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]