नेकपा दार्चुलाद्वारा ६ वटा प्रश्नमार्फत सरकारको धारणा माग

२०७८ श्रावण ३१ गते, आईतवार


काठमाडौं । नेपाल -भारत सिमा क्षेत्रमा भारत सरकार र एसएसबीले नेपाल र नेपालीविरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न माग गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी दार्चुलाका सेक्रेटरी भरत मल्ल ‘आखिर’ले सरकारलाई समसामयिक विषयका छ वटा प्रश्न गरेका छन। दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीको तुइन तर्ने क्रममा भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर बेपत्ता भएको घटना र भारतले नेपालमाथि गर्दै आएको ज्यादतीलगायतका बिषयमा प्रश्न उठाउदै सेक्रेटरी आखिरले ६ वटा प्रश्नमार्फत नेपाल सरकारको धारणा माग गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी दार्चुलाका सेक्रेटरी भरत मल्ल ‘आखिर’ले सरकारलाई सार्बजनिक रुपमा सोधेको प्रश्न यस प्रकार रहेको छ –
“१,महाकाली तटबन्धन गर्दा दुई देशविच हुनुपर्ने सहमतिको वेवास्ता गर्दै दार्चुलाको खलंगा बिरन्द्रवन पारी भारतले एकलौटी रुपमा गरेको तटबन्धले नदिको बहाव नेपालतिर फर्किएर हुने क्षतिको जिम्मेवारी को हुने ?
२ . गस्कु खोलामा सडक निर्माण गर्दा भारतले बिस्पोटक पदार्थ पट्काएर पहिरौ गई नदि थुनिएर यसको बहाब नेपालको भु-भागमा आएर बाटो अबरुद्ध भएको छ । जसका कारण दैनिक जनजीवनमा स्थानिय जनताहरुलाई ठुलो असर पंरेको छ , यसको जिम्मेवार को हुने ?
३. जबरजस्तरुपमा पराधिन बनाईएका तुइन घट्ना भएको दार्चुलाको मालगाउँका र सो नजिकका गाउँका जनताको खाद्य/ आपूर्तिको ग्यारेन्टी कसले लिने ?
४: दार्चुला ब्यास गाउँपालिका २ मालघाटमा भारतिय एस.एस.बि द्धारा घटाईएको तुईन घटनाको सत्यतथ्य छानबिनमा ढिला सुस्ति किन ? अबिलम्ब छानबिन गरि कार्वाहीको दायरामा नल्याइए, जिम्मेवार को रहने ?
५, दार्चुला ब्याँस २ तुईन घट्नामा परि बेपत्ता भएका जय सिंह धामीको लास खोज्न प्रयोग गरिएको ड्रोंन भारतीय भुमिमा किन उडाउन नदिइएको, के पानीले पनि नेपालको मान्छेलाई नेपालतिर मात्रै बगाउँछ ? यो बिषयमा सरकार किन मौन छ ?
६. चुच्चे नक्सामा राखिएको भुमि नेपालले पाउने कहिले हो ,सरकारको जवाफ कहिले आउँछ ?”

प्रतिक्रियाहरु

[anycomment]