एमालेद्वारा ‘एमाले समाजवादी’ दल दर्ता नगर्न आग्रह

२०७८ भाद्र ४ गते, शुक्रबार


काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि आफ्नो पार्टीको नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्नआग्रह गरेको छ । एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताउदै नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । साथै उनीहरुले १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि खारेज गर्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]