‘आजको अपरिहार्य आवश्यकता वैज्ञानिक समाजवाद’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारले संसदिय व्यवस्था चरम संकटमा फस्दै गएकोले आजको अपरिहार्य आवश्यकता वैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारले
युवा संगठन नेपाल, काभ्रेको प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । नेता आधारले बर्तमान राजनीतिक संकट समाधान गर्न जनताले व्यवस्था चुन्न पाउने जनमत सङ्ग्रह गर्नुपर्नेमा जोड दिदै वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुले गाउँ, नगरहरुमा संगठन विस्तारमा लाग्नु पर्ने बताए ।
सोहि बैठकमा युवा संगठन नेपाल, निवर्तमन केन्द्रिय उपाध्यक्ष दिनेशले रास्ट्रिय स्वाधीनताको रक्षा र युवाहरुको वैज्ञानिक व्यवस्थापन दलाल संसरदिय व्यवस्थाले गर्न नसक्ने भन्दै त्यसका लागि युवाहरुले एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवाद स्थापनाका लागि गाउँ, नगरहरुमा युवाहरु संगठनमा आवद्ध र संगठित गर्नु पर्ने बताएका थिए ।
बैठकको अध्यक्षता तथा संचालन जिल्ला संयोजक हिम चुलीले गरेका थिए । बैठकले १३ ओटै नगर तथा गाउँपालिकाका भेला र सम्मेलन भदौ भित्र गरिसक्ने निर्णय गरेको छ । सदस्यता बितरणलाई पनि तीब्रता दिने र प्रचार प्रसार, संघर्ष आदि सम्बन्धी महत्त्वपूर्ण निर्णय गर्दै बैठक बनेपामा शुक्रबार सम्पन्न भएको हो ।