नेकपा दोलखाद्वारा ‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ सञ्चालन

२०७८ भाद्र १२ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दोलखाले स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको भन्दै‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ सञ्चालन गरेको छ । सो पार्टीले जिल्लामा भएको भ्रष्टाचार विरुद्धको अपिल जारी गर्दै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु झैं स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन–२०७८ बाट पनि छर्लङ्ग भएको स्पष्ट पारेको छ ।
उक्त प्रतिवेदका अनुसार– दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकामा ४ करोड १० लाख ४१ हजार बेरुजु रहेको छ । त्यसैगरी बैतेश्वर गाउँपालिकामा १२ करोड ४८ लाख ४२ हजार बेरुजु, जिरी नगरपालिकामा २ करोड ९२ लाख ३१ हजार बेरुजु, तामाकोशी गाउँपालिका १ करोड ८६ लाख १५ हजार बेरुजु, मेलुङ गाउँपालिका ४ करोड ३७ लाख ९८ हजार बेरुजु, शैलुङ्ग गाउँपालिका ४ करोड ४६ लाख ३५ हजार बेरुजु रहेको छ । भीमेश्वर नगरपालिका ३ करोड ४६ लाख ७८ हजार बेरुजु, कालिञ्चोक गाउँपालिका १ करोड ३० लाख १७ हजार बेरुजु रहेको छ । बिगु गाउँपालिका २ करोड ६७ लाख ५८ हजार बेरुजु रहेको छ । यसरी जम्मा बेरुजु रकम ३७ करोड ६६ लाख १५ हजार रहेको छ ।


जिल्लामा भएका यस्ता किसिमका चरम भ्रष्टचारप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पार्टी भ्रष्टचार, अनियमितताका विरुद्धमा सामाजिक बहिष्कार र जनकार्वाहीमा सशक्त ढङ्गले अगाडि बढेको र बढिरहने कुरा जानकारी गराएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज प्रविण र सेक्रेटरी आकाशले दोलखामा भएको भ्रष्टाचार विरुद्ध प्रेस विज्ञप्ती जारी यस्ता प्रकृतिका भ्रष्टचार, अनियमितताका विरुद्ध ‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ लाई सहयोग गर्न सम्पूर्ण बुद्धिजीवी, पत्रकार, समाजसेवी, मानवअधिकारकर्मी, उद्योगी, व्यापारी, कानुन व्यवसायीहरु एवम् आम दोलखाली क्रान्तिकारी जनसमुदायहरुमा हार्दिक अनुरोध गरेका छन् ।

यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी दोलखाले गरेको अपिलको पूरा पाठ यसप्रकार छ – “न्यायप्रेमी जनसमुदायहरु, भ्रष्टचार, महङ्गी, कालोबजारी, तस्करी, कमिसनतन्त्र, राष्ट्रघात, जनघातले जनताको जनजीविका आक्रान्त बनिरहेको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको संवद्र्घनको लागि गौरवशाली नेपाल कम्युनिस्ट पार्टी निरन्तर सङ्घर्षमा रहेको कुरा सर्वविदित्तै छ । दलाल पुँजीवादी संसदीय व्यवस्थाका हिमायतीहरुले कथित स्थानीय निर्वाचनमा सिंहदरबार गाउँ–गाउँमा पु¥याउने दिवा सपनाद्वारा जनतालाई भ्रमित गर्दै आईरहेका थिए । कथित प्रदेश र संघको निर्वाचन पछिको सुखी नेपाली समृद्ध नेपालको झुठ्ठो नारा आज जीवन व्यवाहरतः दुःखी नेपाली र कङ्गाल नेपालमा बदनाम एवम् असफल भएको छ । नेपाली जनताले आमूल परिवर्तनका खातिर जनसङ्घर्ष, जनआन्दोलन र महान् जनयुद्धमा व्यापक समर्थन, सहयोग र सहभागिता मात्र होइन, उच्च बलिदान समेत गरेका छन् । बिडम्बना १ तर आज दलाल पुँजीवादीहरुले विश्वमा बदनाम र असफल संसदीय व्यवस्थामा नयाँ रङ्गरोगन गर्दैै जनअपेक्षा र जनादेश विपरित नेपाली जनतामाथि लादिरहेका छन् । दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा कार्यान्वयनको लागि निरन्तर अविचलित रुपले महाअभियानमा अगाडि बढिरहेको छ । बदनाम र असफल दलाल पुँजीवादी संसदीय व्यवस्था र त्यसका हिमायतीहरु मुलुकको चरम सङ्कट समाधान र विकल्प होइनन् । प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रहको राजनीतिक कार्यनीति मार्फत दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नै विद्यमान सङ्कटको अद्धितीय समाधान हो । दलाल पूँजीवादी राज्यका सम्पूर्ण निकायहरु र मूलतः स्थानीय निकायमा चरम भ्रष्टचारले जनजीविका ठूलो सङ्कटमा परेको छ । जनताप्रति उत्तरदायी एवम् जनप्रिय पार्टी यस्ता तमाम विकृति र विसङ्गतिहरुको मुकदर्शक भएर बस्न सक्दैन । दोलखा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु झैं स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन–२०७८ बाट छर्लङ्ग भएको छ । जुन प्रतिवेदका अनुसार ः क्र।सं। गाउँपालिका÷नगरपालिकाको नाम बेरुजु रकम ९रु० १। गौरीशङ्कर गाउँपालिका ४ करोड १० लाख ४१ हजार २। बैतेश्वर गाउँपालिका १२ करोड ४८ लाख ४२ हजार ३। जिरी नगरपालिका २ करोड ९२ लाख ३१ हजार ४। तामाकोशी गाउँपालिका १ करोड ८६ लाख १५ हजार ५। मेलुङ गाउँपालिका ४ करोड ३७ लाख ९८ हजार ६। शैलुङ्ग गाउँपालिका ४ करोड ४६ लाख ३५ हजार ७। भीमेश्वर नगरपालिका ३ करोड ४६ लाख ७८ हजार ८। कालिञ्चोक गाउँपालिका १ करोड ३० लाख १७ हजार ९। बिगु गाउँपालिका २ करोड ६७ लाख ५८ हजार जम्मा बेरुजु रकम ९रु०– ३७ करोड ६६ लाख १५ हजार तसर्थ यी र यस्ता प्रकृतिका भ्रष्टचार, अनियमितताका विरुद्ध सामाजिक बहिष्कार र जनकार्वाहीमा सशक्त ढङ्गले अगाडि बढ्नका निमित्त बुद्धिजीवी, पत्रकार, समाजसेवी, मानवअधिकार कर्मी, उद्योगी, व्यापारी, काुनन व्यवसायीहरु एवम् आम दोलखाली क्रान्तिकारी जनसमुदायहरुमा ‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ मा सहभागीताको निमित्त हार्दिक अपिल गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]