‘संसदीय व्यवस्था विश्वमा बदनाम र असफल’

२०७८ भाद्र १७ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य भिमले दलाल पुजीवादी संसदीय व्यवस्था विश्वमा बदनाम र असफल भएकोले अब नेपाली जनताले जनमत संग्रहमार्फत व्यवस्था चुन्न पाउनु पर्ने बताएका छन । सो पार्टीको नवलपरासी जिल्लाले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भिमले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर संघर्षमा उत्रिनुपर्ने समेत बताएका थिए । उनले वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति, दलाल पुजीवादी संसदीय पार्टी असफलता बारेमा समेत आफ्नो धारणा राखेका थिए ।
यसैगरी , केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ध्रुबले राजनीतिक प्रशिक्षण दिदै जनसंगठनबाटै पार्टी निर्माण हुने भएकोले जनवर्गिय संगठन निर्माणलाई अगाडि बढाउदै जाने बताए । संगठन सानो हुँदैमा केही हुदैन मजबुत र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्छ उनले भने उपयुक्त समयमा सहि निर्णयमा ३ बुद्दे सहमति भएको बताउदै कार्यकर्तालाइ आग्रह गरे एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडी बढाउदै जाने र विभिन्न किसिमका भ्रमका पछाडि नलाग्न अपिल गरे।
राजनीतिक संवादको सवाधानका लागि प्रगतिशील संयुक्त सरकार निर्माण गरि जनमत संग्रह गर्ने पार्टीको कार्यनीति हो त्यसैले व्यवस्था चुन्ने अधिकार जनतालाई नै दिनुपर्ने बताए । एमसीसीको संशक्त रुपमा संघर्ष गर्दै जानुपर्ने पास नहुन नदिन जनतामाझ भन्डाफोर गर्नुपर्ने आव्हान गरे।
कार्यक्रमको अध्यक्षता जिल्ला सचिव धिरजले गरेका थिए भने कार्यक्रमको संन्चालन पार्टीको जिल्ला सदस्य प्रताप गरेका थिए ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य भिम, नवलपरासीरनवलपरासी इन्चार्ज ध्रुब, नवलपुर युवा अध्यक्ष अभिनास, सहिद परिवार सदस्य लगायत पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]