सभामुख र निर्वाचन आयोगविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाइ हुदै

२०७८ भाद्र १८ गते, शुक्रबार


काठमाडौं । निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको हो । गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए ।
एमालेले १४ सांसदलाई कारवाही गरे पनि सभामुख सभामुख सापकोटाले सुचना जारी नगरेको भन्दै बुधबार सर्वोच्चमा रिट परेको थियो । त्यस्तै एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बन्दा निर्वाचन आयोगले अनाधिकृत व्यक्तिको हस्ताक्षरलाई मान्यता दिएको भन्दै सर्वोच्चमा रिट परेको थियो । रिट निवेदनमा नेकपा (एस)मा हस्ताक्षर गरेका भनिएका ५५ जना केन्द्रीय सदस्य नभइ ३९ जना मात्रै रहेको उल्लेख गर्दै उक्त पार्टीलाई आधिकारिकता नदिन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]