प्रकाण्डद्वारा केन्द्रीय सदस्य नयनका बुबा मानबहादुरप्रति श्रद्धाञ्जली

२०७८ भाद्र २४ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीका केन्द्रीय सदस्य इन्द्रबहादुर नकडोली ‘नयन’ का बुबा मानबहादुर नकडोलीप्रति श्रद्धाञ्जली दिदै परिवार र आफन्तजनप्रति समबेदना व्यक्त गरेक छन । काठमाडौँको पशुपतिनाथस्थित आर्यघाटमै पुगेर श्रद्धाञ्जली दिदै प्रवक्ता प्रकाण्डले मानबहादुर नकडोली जनयुद्धकालदेखि नै पार्टी र क्रान्तीप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै उनकै प्रेरणाका कारण नकडोलीका पुरै परिवार पार्टी र क्रान्तिमा समर्पित भएको बताएका थिए । प्रवक्ता प्रकाण्डले मानबहादुर नकडोलीको पार्थिब शरीरमाथि पार्टीको झण्डा ओडाउदै नकडोलीले पार्टी र क्रान्तिमाथि गरेको परिश्रमलाई खेर जान नदिने ठोकुवा गर्दै बैज्ञानिक समाजवाद स्थापना गरेर उनको सपना सकार पार्ने प्रतिबद्धता समेत जनाएका थिए।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य इन्द्रबहादुर नकडोली ‘नयन’ र दिलबहादुर नकडोलीका बुबा तथा नेपाल कम्युनिस्ट पार्टीनिकट शिक्षक सङ्गठन मकवानपुरकी अध्यक्ष इन्द्रकुमारी श्रेष्ठका ससुरा मानबहादुर नकडोलीप्रति श्रद्धाञ्जली प्रकट गर्न नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , , सचिवालय सदस्यद्वय सुदर्शन र विषम , केन्द्रिय सदस्यहरु मिलन , प्रेम दर्नाल , अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चीरन्जीबी ढकाल , महासचिव प्रकाश शाही , केन्द्रिय सदस्य मदन केसी , भक्तपुर जिल्ला अध्यक्ष ललिजंग बम , युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष दिनेश, जनगणतान्त्रिक सम्पर्क मंच नेपालका केन्द्रिय संयोजक रत्न मगरलगायतका नेता कार्यकर्ताहरु काठमाडौँको पशुपतिनाथस्थित आर्यघाट पुगेका थिए।
लामो समयदेखि दम र निमोनियाबाट पीडित मकवानपुर निवासी मानबहादुरलाई केही दिनपहिले मस्तिष्कघात भएको थियो र उपचारको क्रममा बुधबार बिहान शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा निधन भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]