नेकपा काठमाडौँ महानगर समितिले एमसीसीविरुद्ध संघर्ष अगाडी बढाउने

२०७८ भाद्र २५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिले अमेरिकी सरकारले सैन्य रणनीति अनुरुप अगाडि ल्याएको एमसीसी परियोजना खारेजको माग गर्दै संघर्ष अगाडी बढाउने बताएको छ । सो समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको बताइएको छ। पूर्ण बैठक समापनपछि उक्त पार्टीका काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा महानगर समिति इन्चार्ज अविरलले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीकोे लागि पार्टी केन्द्रले घोषणा गरेका संघर्षका कार्यक्रम कार्यन्वयनको तयारी स्वरुप बैठक बसेको जानकारी दिए । संघर्षका कार्यक्रमलाई सफलिभुत पार्न बैठकले महानगर समितिलाई विभिन्न टिममा विभाजन गरेको छ । करिब ५ वर्ष पछि मात्र पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव विरोध सभालाई सम्बोधन गर्न सार्वजनिक हुने भएकोले विरोध सभाको बहुआयामिक महत्व रहेको उनले बताए । संघर्षका कार्यक्रम अन्तर्गत २४ गते देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसीसी सम्झौता जलाउने र गोन्जालोको रिहाइको लागि विरोध गर्ने, २७ गते देशव्यापी सिटी जुलुश र एमसीसी सम्झौता खारेज गर लेखिएको व्यानर बेलुनमा बाँधेर उडाउने र २८ गते विशाल विरोध सभाको आयोजनाको लागि महानगर समितिले सशक्त भूमिका निर्वाह गर्ने गरी निर्णय भएको बताए ।


आर्थिक सहयोगको नाममा अमेरिकी सरकारले साम्राज्यवादी शासन लाद्ने मनासायले अगाडि सारेको एमसीसी परियोजना कुनै पनि हिसाबले नेपालको हितकर नभएको हुँदा त्यसको पूर्ण रुपमा खारेजीको लागि पार्टीले जस्तोसुकै संघर्ष गर्ने गरि बैठकले निर्णय गरेको इन्चार्ज अविलले जानकारी गराए । यसै गरि बैठकका विशेष अतिथि तथा नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुरेन्द्र महर्जनले बैठकमा बोल्दै महानगर समितिले तय गरेका सम्पूर्ण कार्यक्रमहरु दुढतापुर्वक कार्यन्वयन गर्नुपर्ने बताएका थिए ।
महानगर समिति सेक्रटरी रोमिकको अध्यक्षता रहेको बैठकको प्रमुख आतिथ्यता नेपाल कम्युनष्टि पार्टी काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा महानगर समिति इन्चार्ज अविरलले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]