सात दलद्वारा एमसीसीविरुद्ध प्रदर्शन : एमसीसी राष्ट्रघाती भएको ठोकुवा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज भुसालले एमसीसी राष्ट्रघाती भएकोले खारेजी गर्नुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीलगायत सात राजनीतिक पार्टीले शुक्रबार “रास्ट्रघाती एमसीसी सम्झौता खारेज गर” भन्ने मूल नाराका साथ राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध कपिलवस्तुको तौलिहवामा गरेको विरोध सभा विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले सो कुरा बताएका हुन्। केपी ओली र वर्तमान प्रधानमन्त्री देउवाले अमेरिकाकै नागरिकता लिनु बेस रहेको साथै उनले नेपालमा बसेर नेपालको राष्ट्रियता बेच्ने छुट नरहेको बताए । देश सङ्कटमा रहेको र राष्ट्रघातीहरूलाई सडकमा ल्याउनुपर्ने बताए । उनले अबको एमसीसीविरुद्ध सबै नागरिक आन्दोलनमा आउन अपिल समेत गरे । उनले भने, एमसीसीका उपाध्यक्ष फतिमा सुमार एमसीसीको दलालहरूको घरघर, कोठाकोठा घुमि हिडेकोबाट नै प्रष्ट हुन्छ कि एमसीसी राष्ट्रघाती छ । अनुदान भए किन जबर्जस्ती ?
उनले अमेरिकी साम्राज्यवादले एमसीसीमार्फत चीनमाथी आक्रमण गर्ने र नेपालमा भएको बहुमुल्य धातु युरेनियम कब्जा गर्ने रणनीति लिएको समेत बताए । नेता भुसालले एमसीसी पास गर्ने सांसदहरुलाई जनताले गाउँगाउँबाट लखेट्ने उद्घोष गर्दै एमसीसी खारेज नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिए ।
उक्त कार्यक्रममा बोल्दै वरिष्ठ मानवअधिकारकर्मी राम दयाल ठाकुरले पहिलेको कङ्ग्रेस गिरिजालाई सहयोग गरेको बताउदै अहिले अब कङ्ग्रेसलाई लगायतका एमसीसी परियोजनामा हस्ताक्षर गर्ने कुनै पनि पार्टीलाई सहयोग नगर्ने, एमसीसी परियोजनामा हस्ताक्षर गर्ने विरुद्ध जस्तोसुकै कदम चाल्ने बरु सहिद हुने तर गुलाम बनेर नबस्ने बताउए । आम नेपाली जनता, देशभक्त, युवा, विद्यार्थी, कर्मचारी, पत्रकार सबैलाई रास्ट्रघाती एमसीसी सम्झौता विरुद्धको कार्यक्रममा सहभागी बनी नेपाल आमाको इज्जत बचाउन सम्पूर्ण नेपालीलाई आग्रह गरे
प्रदर्शनमा राष्ट्रिय जनमोर्चा अध्यक्ष ददीराम आचार्य, राष्ट्रिय जनमोर्चा प्रतिनिधी शशी सापकोटा, राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला अध्यक्ष ज्ञनीराम पुरी, नेकपा मालेका कपिलवस्तु जिल्ला संयोजक ओम नारायण चतुरवेदी नलगायतका नेताहरूको उपस्तिथिति रहेको थियो ।
कार्यक्रमको संचालन कमलले गरेका थिए । कार्यक्रममा व्यापक रुपमा स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।