युवा संगठन कालिकाेटद्वारा भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कालिकाेटले मुख्यमन्त्री रोजगार स्वरुप प्रदेश सरकारले अनुदान स्वरुप प्रदान गरेको रकम अनयमिता भएको स्पस्ट भएको जनाएको छ । सो संगठनले सान्नि त्रिवेणी गा पा २ न वडा कार्यालयदेखि नाईनासम्म सडक निर्माण योजनामा प्रदेश सरकारले २०५६००० (बिस लाख छपन्न हजार ) पुरा रकम अनुदान दिएको थियो भने सान्नि त्रिवेणी गा पा ले भने ७११८५६ (सात लाख एघार हजार आठ सय छपन्न )फ्रिज गरेर १३४४३४४ (तेह्र लाख चवालीस हजार तिन सय चवालिसरुपैया मात्र ) कोलेनिकाबाट निकासा ल्याएको जनाएको छ । उक्त रकममा गा पा ले ४९८०० रुपया कन्सिजेन्सि काटेर जम्मा १२९४३४४ रुपैयाँ समितिको खातामा आउनुपर्ने रकममा समितिको खातामा गा पाका कर्मचारीहरुले १२२५००० रुपया मात्र हालेको स्पस्ट भएको छ । उक्त गा पा ले नै ६९३४४ रुपैया गपाका प्राविधिक र केहि कर्मचारीहरुले भरस्टाचार गरेको देखिन्छ भने उक्त समितिले ५६ जनाकामदारहरुलाई ६००० रुपयाको दरले दिएका छन भने २० जनालाई दुई हजारको दरले दिएको सो संगठनको दावी छ । यसैगरी समितिले बाडेको जम्म रकम तिन लाख छयत्तर हजारमात्र हुन्छ भने अरु बाकि रकमको अत्तोपत्तो नभएपछि युवा संगठन कालिकोटले समितिसंग स्पस्टिकरण माग्दै प्रस्टरुपम लेखा जोखा नदिएमा जनतासामु कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।