युवा संगठन कालिकोटद्वारा जिल्ला प्रशासनलाई नयाँ नक्सा प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कालिकोटले जिल्ला प्रशासन कार्यालय कालिकोटलाई नेपालकाे नयाँ नक्सा प्रदान गरेको छ। युवा संगठन कालिकाेटले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई भेटेर लिपुलेख र लिम्पयाधुरा सहितको नेपालकाे नयाँ नक्सा कार्यालमा राख्नुपर्ने भन्दै नेपालको नयाँ नक्सा दिएको हाे ।
भारतले दावी गर्दै आएको नेपालको भुमि लिपुलेख र लिम्पयाधुरा फिर्ता ल्याउनकाे लागि सरकारलाई दबाब दिनकाे लागि युवा संगठनले जिल्ला प्रशासन कार्यालयमा नेपालकाे नयाँ नक्सा दिएको संगठका अध्यक्ष गाेबिन्द्र बुढाले बताए ।