तीन बुँदे सहमतिको उल्लंघन : नेकपाका नेता पुनः गिरफ्तार

२०७८ आश्विन १६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै प्रहरीले नेकपाका एक नेतालाई पुन: गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी इलामका तत्कालीन जिल्ला इन्चार्ज पुष्प कोइरालालाई जिल्ला अदालत ईलामले रिहा गरेपछि पनि प्रहरीले उनलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरेर तीन बुँदे सहमतिको उलंघन गरेको हो ।
प्रतिबन्धको समयमा २०७७ बैशाख २२ गते इलामबाट गिरफ्तार परेका तत्कालीन जिल्ला इन्चार्ज कोइरालालाई अहिले पनि प्रहरीले बम विष्फोट, सांगठनिक अपराध लगायतका विभिन्न मुद्दा लगाइराखेको छ । राज्य र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुँदे सहमतिमा सबै नेकपाका नेताकार्यकर्तालाई रिहा गर्ने र मुद्या खारेज गर्ने भनिएको छ तर उनको पुनः गिरफ्तारीले राज्य र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको उल्लंघन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच २०७७ फागुन २१ मा तीन बुँदे सम्झौता भएपछि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिएको थियो । तीन बुदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेपनि सरकारले सहमति अनुरूप काम नगरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
राज्यसँग तीन बुदे सम्झौता गरेर प्रतिबन्ध फुकुवा भएपनि नेकपाका सयौं कार्यकर्ता अझैसम्म जेलमा रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]