नेकपाका नेता ध्रुवविरुद्ध पक्राउ पुर्जी !

२०७८ आश्विन १६ गते, शनिबार


काठमाडौँ । सरकारले तीन बुँदे सहमतिको उलङ्घन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा म्याग्दी बाग्लुङ इन्चार्ज ध्रुवको नाममा जिल्ला अदालत म्याग्दीले ३५ दिने पक्राउ पुर्जी जारीको छ । २०७७ फागुन २१ गते सरकार र नेकपाबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि नेकपाका नेता तथा कार्यकर्ताको नाममा रहेका सम्पूर्ण झुठा मुद्दाहरु खारेज गर्ने, नेताकार्यकर्ता रिहा गर्ने सहमति भएको थियो । सरकारले ३ बुँदे सहमति कार्यावन्वयन गर्नुको सट्टा उल्टै पक्राउ पुर्जी काटेको छ । नेता ध्रुवको नाममा सार्वजनिक सम्पत्तिको बिनाश गरेको मुद्दामा २०७८ असोज ११ गतेको आदेश बमोजिम भन्दै अदालतका कर्मचारीले वडा कार्यालयमा पक्राऊ पुर्जी टाँसेको छ ।

नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको बेला देउवा सरकारले नेकपाका नेता कार्यकर्तामाथि पक्राउ पुर्जी काटेर दमनको नीति लिन खोजिरहेको छ । ३ बुँदे सहमतिपछि त्यसको कार्यान्वयन गर्ने पर्ने भन्दै नेकपाले सरकारलाई दवाव दिएको छ । तर सरकार भने सहमति कार्यावन्यन गर्नुभन्दा उलङ्घन गरिरहेको छ । अहिलेसम्म नेकपाका नेता संगमलगायत करिब सयभन्दा धेरै नेता कार्यकर्ताहरु जेलमा रहेका छन् । सरकारले नेकपाले उठाउदै आएको राजनीतिक मुद्दालाई कमजोर बनाउन र नेता कार्यकर्तालाई दुःख दिने नियतले सरकारले गतिविधि गरिरहेको भन्दै यसका विरुद्ध राजनीतिक तथा कानुनी दुवै हिसावले शसक्त प्रतिरोध गर्ने नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]