युवा सङ्गठन पाल्पाको अध्यक्षमा लिला सारु मगर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल पाल्पाको दोस्रो भेलाले लिला सारु मगर अध्यक्ष , वेदप्रसाद विश्वकर्मा उपाध्यक्ष सहित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलामा जिल्ला भरबाट गाउँपालिका र नगरपालिकाका प्रतिनिधि परिवेक्षकको उपस्थिति रहेको थियोे । भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज अपेक्षा, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात, विशिष्ट युवा सङ्गठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, अतिथि नवलपुर जिल्ला अध्यक्ष अभिवानस लगायतका अतिथिहरूको उपस्थिति थियोे भने कार्यक्रम सञ्चालन कर्णबहादुर नेपालीले गरेका थिए ।