युवा संगठन बैतडीको अध्यक्षमा धामी

काठमाडौं । नेपाल कम्युनिस्ट पाटीनिकट युवा संगठन नेपाल बैतडीको प्रथम सम्मेलनले दानसिंह धामीको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मणको उपस्थिति रहेको थियो । विशेष अतिथि संगठनका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज स्याम भट्ट, अतिथिको रुपमा युवा संगठन सेम ब्युरो सदस्य लोकेन्द्र धामी ‘लोकेश’, जिल्ला कमिटी सदस्य शिशिर, महासागर, अग्रिम, अखवर, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुरेन्द्र धानुक, बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धामी, सहिद परिवारका अम्बादत अवस्थी, झलकमान लुहार लगायतको उपस्थिति रहेको थियो । नेकपाका बैतडी जिल्ला सेक्रेटरी लक्ष्मणले नयाँ निवाचित कमिटीलाई बधाई मतव्य राख्दै युवाहरुको काँधमा इतिहासले महत्वपूर्ण जिम्मेवारी थपिएको बताए । साथै उनले संसदीय व्यवस्थाका विरुद्धमा युवाले एक भएर संघर्ष गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय स्वाधीनता, राष्ट्रियता, जनतन्त्र, जनजीवीको सवालामा, सिमा सुरक्षाको सवालमा, सामाजमा हुने हरेक खालका विकृति र विसङ्गतिका विरुद्धमा, परिवर्तनको पक्षमा युवाहरू गोलबन्द्ध भएर एकीकृत जनक्रन्ति मार्फत वैज्ञानिक सामाजवादी व्यवस्थाका लागी लड्नुपर्ने बताए । विशेष अतिथि संगठनका सेतीमहाकाली इन्चार्ज श्याम भट्टले दलाल पुँजीवादी सत्ताले जर्बजस्त एमसीसी लागु गर्न खोजेमा सम्झौतामा हस्ताक्षर गने बैतडी जिल्लाका सांसदको हात काट्न पछि नपर्न नवगठित युवाहरूलाई निर्देश गरे । साथै उनले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि नयाँ निवाचित जिल्ला कमिटीलाई डटेर लाग्नुपर्ने बताए ।पार्टी जिल्ला सल्लाहकार समिति अध्यक्ष अखबर बिष्टले आफू ७५ वर्षको भएर पनि युवाहरूको काँधमा काँध मिलाएर दलाल व्यवस्थाका विरुद्ध लड्ने उद्घोष गरे । उनले युवाहरुलाई निर्धक्क भएर जनतामा जान आग्रह समेत गरे । अखिल (क्रान्तिकारी) का बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धामीले वैज्ञानिक समाजवादी व्यवस्था लागु नभएसम्म नेपाली युवाहरुले सुख, शान्ति र समृद्धिको अनुभूत नगर्ने बताए । नव गठित समितिका तर्फबाट संगठनका अध्यक्ष दानसिंहले सपथ ग्रहण गर्दै जस्तो सुकै परिस्थितिमा पनि आफूहरु पछि नहट्ने बताएका थिए । कार्यक्रमको संचालन सुरेन्द्र बिष्टले गरेका थिए ।