अनेमसंघ क्रान्तिकारी रूकुमको अध्यक्षमा अनिता बिक

२०७८ आश्विन २३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलनले अनिता बिककाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसकाे उपाअध्यक्षमा बिमला वली, सचिबमा तुलसा पौडेल, कोषाध्यक्षमा मिना खड्का, सह-सचिबमा बिमा बिक चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा मेनुका ओली, झरणा, जमुना, सरु, सिमा लगायत छन् । उक्त सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सम्मेलनका अन्य अतिथिहरुमा नेकपाका रूकुम इन्चार्ज डिल्लीराज शर्मा ‘बिश्व’ जिल्ला सेक्रटरी चन्द्र ई-रातो खबर डटकमका सम्पादक अम्बिका चन्द लगाएत रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]