झलनाथ खनालद्वारा सत्ता गठबन्धन भत्काउने चेतावनी !

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धन भत्काउने चेतावनी दिएका छन ।
पत्रकार ऋषी धमलाको कार्यक्रम जनता जान्न चाहान्छन् कार्यक्रममा नेता खनालले एमसीसी पास गर्न खोजे सत्ता गठबन्धन भत्किने चेतावनी दिएका हुन् । तत्कालिन ओली नेतृत्वको सरकार हुँदा खनाल नै एमसीसी अध्ययन तथा सुझाव समितिको संयोजक थिए र उनको कमिटीले सरकारलाई एमसीसी जस्ताकोतस्तै पास गर्नै नहुने सुझाव दिएको थियो । ‘गठबन्धनका धेरै कुराहरुमा समानता छन्, धेरै कुराहरुमा मत भिन्नता छन् ।’ उनले भने -, ‘समानतालाई आत्मासात गर्दै अगाडि बढ्यो भने गठबन्धन टिक्छ । नत्र भने जुन सुकै समय, जनसुकै पल, जुनसुकै घडिमा गठबन्धन टुट्न सक्छ ।’