नेकपामा प्रबेश गर्नेको लर्को

२०७८ कार्तिक ८ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा अन्य विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लर्को लागेको छ । सितगङ्गा नगरपालिकाको वडा नं. ६ मा पदम खत्रीको नेतृत्वमा १५ सदस्यीय वडा नं. ७ मा गोपालको नेतृत्वमा १७ सदस्यीय, नन्दबहादुर घर्तीको नेतृत्वमा १३ सदस्यीय र वडा नं. १० मा राजु बिकको नेतृत्वमा १९ सदस्यीय सेल कमिटी निर्माण भएको छ । जसमा काँङ्ग्रेस, एमाले, माओवादी केन्द्र, लगायतका पार्टी परित्याग गरि प्रवेश गरेका हुन् ।
सङ्गठन बिस्तारका क्रममा सम्बोधन गर्दै जिल्ला कमिटी सदस्य नवीन शर्माले सम्बोधन गर्दै नेपालमा चलिरहेको दलाल संसदीय व्यवस्थाले जनता र राष्ट्रियताको अस्तित्व जोगाउन नसक्ने बताएका छन् । उनले गणतन्त्रको बिरोध गर्ने मान्छेहरूनै गणतन्त्रका नाइके भएका छन्, संसदीय व्यवस्था ठिक छैन भनेर दश बर्षे जनयुद्ध गर्नेहरू संसदीय व्यवस्थामै कुर्सी र पैसाको खिचातानी गरिरहेका आरोप लगाए । शर्माले यी सबै सन्दर्भलाई हेर्दा जनताको समस्याहरूमा केही पनि परिवर्तन गर्न नसकेको बताउँदै अब यसको विकल्पका रुपमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
यसैगरी जिल्ला कमिटी सदस्य सफलले सिंहदरबारको अधिकार गाउँ घर छरछिमेक भनेर चुनाबी नारा लगाए अहिले, सिंहदरबारको भ्रष्टाचार गाउँ घर छरछिमेकमा आएको बताए । उनले वैज्ञानिक समाजवाद निर्माणका लागि सम्पूर्ण बुद्धिजीवी, राष्ट्रभक्त, युवा, विद्यार्थी तथा आम नागरिक एक जुट हुन आग्रह गरे ।
प्रवेश गर्नेहरूले हामीलाई चुनावी भोटका लागि मात्र प्रयोग गरेको बताएका छन् । अबको देशमा क्रान्ति र परिवर्तन गर्ने भनेको नै नेपाल कम्युनिस्ट पार्टी रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]