‘बर्तमान राजनीतिक संकटको निकास जनमतसङ्ग्रह ‘

२०७८ कार्तिक ९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ ले बर्तमान राजनीतिक संकटको एकमा मात्र निकास जनमतसङ्ग्रह भएको ठोकुवा गरेकी छिन। नेत्री शिलुले पछिल्लो राजनैतिक घटनाक्रम, पार्टीको कार्यनिति, कार्यदिशा र हालसालै सम्पन्न भएको ११ औँ पूर्ण बैठकको नीति जानकारी गराउने उद्देश्यसहित नेकपा कास्कीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेकी हुन् । उनले पुँजीवादी संसदीय व्यवस्था की वैज्ञानिक समाजवादी व्यवस्थाबीच जनमतसङ्ग्रह गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको बताउदै हरेक कुरा सिक्न जरुरी रहेको साथै आफ्नो वर्ग पक्षधरतालाई दहोसँग पकडेर समाजवादी क्रान्तिलाई अघि बढाई वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि सबैले पहल गर्नुपर्ने उल्लेख गरिन् । उनले अहिलेका सत्ताधारी दलहरू र यो व्यवस्थाको वरिपरी रहेकाहरू समाजवादको आत्मा बोकेर पुँजीवादलाई टिकाइरहेको र यसले अन्ततः दलाल पुँजीवादलाई नै पक्षपोषण गरेको बताइन् ।


त्यसैगरी नेत्री शिलुले हालसालै पार्टीले सरकारसँग गरेको तीनबुँदे सहमति र बाहिर आएको भ्रमका बारेका पनि उल्लेख गर्दै भुजेलले तीनबुँदे सहमति राज्यको बाध्यता र आवश्यकता रहेको र आफ्नो पार्टीले सचेतता अपनाएको बताइन् ।


यस्तै प्रशिक्षण कार्यक्रमलाई बिशेष कमिटी सदस्य प्रकाशले पनि प्रशिक्षणको अर्थ र आवश्यकतालाई प्रस्ट्याएका थिए भने कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तब्य पोखरा नगर कमिटी सदस्य बद्री अधिकारीले राखेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सदस्य एवम् कार्यालय सचिव काजी गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]