एम सि ए कार्यालय तत्काल हटाउन माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरसहित विभिन्न १० वटा पार्टी र ५ वटा संघसंस्थाले एम सि ए कार्यालय हेटौंडालाई संयुक्त हस्ताक्षरित पत्र बुझाएका छन्। MCC सम्झौता कार्यन्वयनको पूर्व तयारीका लागि मकवानपुरमा खोलेको एम सि ए कार्यालय तत्काल हटाउन उक्त पत्र बुझाएका हुन् ।
बिगतदेखि नै नेपाल सरकार र अमेरिका बीच भएको अमेरिकी संस्था मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) राष्ट्रघाति सम्झौता संसदबाट पास गराउन विभिन्न तत्वहरु सक्रिय भइरहेका छन्। सम्झौतामा उल्लेख गरेका घातक बुँदाहरुका आधारमा नै MCC सम्झौता नेपालको सार्वभौमिकता, स्वाधीनता, संविधान कानून,सुरक्षा, अन्तर्राष्ट्रिय मैत्री विपरीत रहेको स्पष्ट हुन्छ। यस राष्ट्रघाती सम्झौताको विरोध र खारेजीको माग गर्दै विगत लामो समयदेखी नै नेपाल कम्युनिस्ट पार्टी सहित अन्य विभिन्न राष्ट्रप्रेमी, देशभक्त तथा प्रगतिशील पार्टीहरु, नागरिक समाज, सामाजिक अभियन्त, बौद्धिकताका साथै विभिन्न संघसंस्थाहरुले संघर्ष गर्दै आइरहेका छन्। यस विषय विपरित MCC सम्झौता कार्यन्वयनको पूर्व तयारीका लागि मकवानपुर सहित कैयौं जिल्लाहरुमा MCA कार्यालय खोलिरहेका छन्। यस विषय प्रती नेपाल कम्युनिस्ट पार्टी सहित अन्य पार्टी तथा विभिन्न संघसंस्थाहरुले गम्भीर आपत्ती जनाएका छन्। साथै राष्ट्रघाती सम्झौतालाई जवरजस्त लाद्ने कुचेष्टा नगर्न चेतावनी समेत दिएका छन्।
एम सि ए कार्यालय हेटौंडालाई एम सि ए कार्यालय तत्काल हटाउन आग्रह गर्दै पत्र बुझाउनेमा आबद्ध पार्टी, बौद्धिक तथा नागरिक संघसंस्थाहरु यस प्रकार रहेका छन –
१. नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – सेक्रेटरी, राम घलान (वाटर)
२. नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), मकवानपुर – सेक्रेटेरी, रामचन्द्र नेपाली (पारस)
३. नेपाल कम्युनिस्ट पार्टी माले, मकवानपुर – उपसचिव, हरिकृष्ण अधिकारी
४. नेकपा मसाल, मकवानपुर – प्रवक्ता, रामहरि धिताल
५. नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – संयोजक, माननाथ तिमल्सिना
६. राष्ट्रिय जनमोर्चा नेपाल – अध्यक्ष, नीर कुमार सिंतान
७. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, मकवानपुर – संयोजक, गणेश रसाइली
८. नेमकिपा, मकवानपुर – प्रतिनिधि, दिपेन्द्र श्रेष्ठ
९. जनता समाजवादी पार्टी – प्रतिनिधि, जीवन लामा
१०. माओवादी जनमुक्ति पार्टी – प्रतिनिधि, जीवन घिमिरे
११. बौद्धिक मन्च नेपाल, मकवानपुर – अध्यक्ष, विमल केशरी पौडेल
१२. राष्ट्रिय जन सरोकार मन्च नेपाल, मकवानपुर – संयोजक, उमेश गुणी
१३. नागरिक सरोकार समिति, मकवानपुर – संयोजक, केशव गौतम
१४. मानवाधिकार संरक्षक मन्च, मकवानपुर – संयोजक, अरुण खतिवडा
१५. उन्मुक्त पुस्ता, मकवानपुर – संयोजक, वनस्थम थिङ
