नेकपाका नेता वीरजंगको स्मृतिमा देशैभरी श्रद्धान्जली सभा

२०७८ कार्तिक १० गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चन्द्रबहादुर चन्द विरजंगको स्मृर्तीमा आज देशैभरी श्रद्धान्जली सभा भएको छ । यसैक्रममा सो पार्टी केन्द्रिय समितिको आयोजनामा विरजंग निवास शिवगढीमा आयोजना गरिएको श्रद्धान्जली सभामा नेकपाका महासचिव विप्लव , नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरालगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । विरजंगको सम्झनामा ठूला संख्यामा कार्यकर्ताहरुले तस्वीरमा माल्यार्पण गरी स्मरण गरेका छन् ।


यता नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको उपस्थितिमा कालिकोटमा श्रद्धान्जली सभा समपन्न भएको छ भने दोलखामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको सम्मान र स्मृतिमा नेकपा दोलखाले चरिकोटमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
सभाका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य पुर्णबहादुर सिंह ‘प्रवीण’ ले श्रद्धाञ्जली मन्तव्य राख्दै वीरजङ्गले देखाउनु भएको महान् क्रान्तिकारी बाटोमा निरन्तर लागिरहने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने बताए । उनले भने, ‘नेपाली अनुहारका सिदेमान र ज्योतिबसुहरूले सुनियोजित ढङ्गले वीरजङ्गलाई बन्दी बनाए, मानसिक यातना दिए, शारीरिक कष्ट दिए, अन्ततः उपचारसमेत गर्न नदिएर वीरजङ्गको हत्या गरे ।’ उनले वीरजङ्गको निधन सगरमाथा झैँ उच्च रहेकोसमेत बताए ।श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका जिल्ला सभापति बर्मा लामा, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बाबुकाजी बस्नेत, पत्रकार महासङ्घ दोलखाका सचिव दीलसागर केसीले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।उक्त सभाको सञ्चालन विशेष समिति सदस्य अर्जुन योगीले गरेका थिए भने सभापति दोलखा जिल्ला सेक्रेटरी माधव गौतमले गरेका थिए ।
यस्तै धादिङ्गमा पनि नेपाल कम्युनिस्ट पार्टी धादिङको आयोजनामा पार्टीका केन्द्रीय सदस्य ‘वीरजङ्ग’ को सम्मानमा बुधबार श्रद्धाञ्जली सभा धादिङको नौबिसेमा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामा प्रमुख अतिथि तथा पार्टीका धादिङ जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले वीरजङ्गको निधनले पार्टीलाई अतुलनीय क्षति भएको भन्दै एकीकृत जनक्रान्तिको अभियानलाई थप उचाइँमा पुर्याउन सबै जना एकाकार भएर लाग्नुपर्ने बताए । उनले वीरजङ्ग नेपाल कम्युनिस्ट पार्टीको मात्र नेता नभएर नेपाली सर्वहारा वर्गको नेता भएको र उहाँले नेपाली समाजवादी क्रान्ति पूरा गर्नको लागि व्यक्तिगत सबै लोभलाचल त्यागेर सामूहिक जीवनमा लाग्नु भएको हाम्रो आदर्शको सादकिपन जनता र क्रान्तिप्रतिको उहाँको चिन्ता हामी सबैले अनुसरण गर्नुपर्ने बताए । लामो समय जेलहिरासतमा राखेको कारण समयमा उपचार नपाएर उहाँको मृत्यु भएको भन्दै उहाँलाई रोगले हैन राज्यले मारेको श्रद्धाञ्जली सभामा सेक्रेटरी सुमनले बताए । उनले उहाँको अधुरो सपना पूरा गर्न एकीकृत जनक्रान्ति पूरा गर्नु अनिवार्य बनेको र तपाईं हामी सबैको काँधमा यो जिम्मेवारी थपिएको धारणा राखे ।
उक्त श्रद्धाञ्जली सभामा पार्टीका पुर्व जिल्ला सेक्रेटरी प्रवेश, अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी० का केन्द्रीय सचिव तथा जिल्ला सदस्य सागर, जिल्ला सदस्यहरू प्रतिक, धनबहादुर घले, कृष्ण खतिवडा, मोहन घले, माइला गुरुङ, अभय लगायतले एकीकृत जनक्रान्तिमार्फत वीरजङ्गको सपना पूरा गर्ने बाचा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]