नेकपा मकवानपुर पार्टी पुनर्गठन दिवसको तयारीमा

२०७८ कार्तिक १३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर पनि आउँदै गरेको पार्टी पुनर्गठन दिवस मंसिर ८ को तयारीमा जुट्ने भएको छ। कार्तिक १२ गते नेपाल कम्युनिस्ट पार्टी जिल्ला सम्पर्क कार्यालय हेटाैंडामा बसेको नेकपा मकवानपुरको १९ औं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो।निरंकुश तथा तानाशाही राज्य वयवस्था परिवर्तन गर्दै जनमुखी तथा समाजवादी व्यवस्था निर्माणार्थ विभिन्न चरणका क्रान्तिको दौरानमा हालको संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापनाका लागि २०७१ साल मंसिर ८ गते महासचिव नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरिएको थियो।

पार्टी पुनर्गठन पश्चात विभिन्न किसिमका जन संघर्ष गर्दै, दुई वर्षे राज्यको दमनकारी प्रतिबन्ध खेप्दै जनताकै बीचबाट पार्टी अहिलेको सहज परिस्थितिमा आइपुगेको कुरा बैठकका प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले जानकारी गराए। हिजोका दिनमा जेजस्तो भए पनि प्रतिबन्ध फुकुवा पश्चातको पहिलो पार्टी पुनर्गठन दिवस भव्य र सभ्य ढंगले हजारौं हजार जनताको मास सहित काठमाडौंमा गर्ने निर्णय पार्टी केन्द्रले गरेको छ। यसलाई सफल बनाउने महत्वपूर्ण जिम्मेवारी नेकपा मकवानपुरको काँधमा आएकोले बैठकको निर्णय अनुसार सबैजना अा-आफ्नो कार्यक्षेत्रको तयारीमा जुट्न प्रमुख अतिथि नयनले सहर्ष अनुरोध गरेका छन्। साथै उनले बैठकका अन्य निर्णय अनुसार विभिन्न जिम्मेवारी पाएका सबै जिल्ला सदस्यहरूले पार्टीको नीति र विधानमा टेकेर इमान्दारिताका साथ परिणाम मुखी काम गरेर कामकाजी पार्टी/संगठन बनाउन समेत प्रेरित गरेका छन्।यस्तै उक्त बैठकले जिल्ला समितिमा नयाँ चार जना सदस्यहरू थप गरेको छ। थप गरेसँगै नव नियुक्त जिल्ला सदस्यहरूलाई बैठकका प्रमुख अतिथि नयन, अध्यक्ष वाटर सहित सबै सचिवालय सदस्यहरुले स्वागत गर्नुका साथै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।यसरी जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै समापन भएको छ।

प्रतिक्रियाहरु

[anycomment]