नेकपानिकट १३ जनबर्गिय संगठनद्वारा भारतीय हस्तक्षेपबिरुद्धको प्रदर्शनमा सहभागी हुन अनुरोध

२०७८ कार्तिक २२ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतले नेपालको राष्ट्रियतामाथी गरेको हस्तक्षेपबिरुद्ध आयोजना गरेको प्रदर्शनमा सहभागी हुन आम जनतालाई अनुरोध गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट १३ जनबर्गिय संगठनले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै भोलि कार्तिक २३ दिउँसो २ बजे माईतिघर मण्डला हुने उक्त बिरोध प्रदर्शनमा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्दिजीवी, युवा, विद्यार्थी पत्रकार ,वकिललगायतमा अनुरोध गरेको छ ।
यस बिषयमा ओम प्रकाश पुन, अध्यक्ष-अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ , माइला लामा, अध्यक्ष – अखिल नेपला जनसाँस्कृतिक महासंघ, बन्धु चन्द, अध्यक्ष -अखिल नेपाल महिला संघ क्रान्तिकारी , शेरबहादुर विश्वकर्मा, संयोजक – जनपत्रकार संगठन , डम्बर बहादुर विश्वकर्मा, अध्यक्ष -दलित मुक्ति मोर्चा , जयन्द्र चन्द, अध्यक्ष -नेपाल गणतान्त्रिक खेलकुद महासंघ , विनोद थापा, अध्यक्ष -अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, प्रकाश शाही,अध्यक्ष अखिल (क्रान्तिकारी), पाटन जंगली, अध्यक्ष -युवा संगठन, हरि श्रेष्ठ, अध्यक्ष – अखिल नेपला किसान महासंघ (क्रान्तिकारी), टिका प्रसाद कँडेल, अध्यक्ष -अखिल नेपला जनस्वास्थ्यकर्मी महासंघ, रत्न मगर, अध्यक्ष – जनगणतान्त्रीक सम्पर्क मञ्च, व्यापक नेपाली, संयोजक -नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनले जारी गरेको संयुक्त बिज्ञप्ती यस प्रकार रहेको छ – “नेपालमा भारतीय हस्तक्षेप सन्‌, १८१६ को सुगौली सन्धि यता लगातार जस्तौ छ, नेपाली राष्ट्रियताको यो आन्दोलनमा नेपाली जनताहरुले ठूलो त्याग बलिदान गरेका छन तर नेपाली शासकहरुको आत्म समर्पणवादी चरीबका कारण स्वाधीनताको हाम्रो लडाइँ आज पनि निरन्तर जारी छ ।
नेपालीहरु चाडपर्वमा रमाई रहेको बेला भारतीय पुलिस फोर्स/नक्ब) ले नेपालको जमिन सुस्ताको बुवान क्षेत्रको १४०० हेक्टर भित्र आफ्नो जवानहरुको तैनाबीमा गरेको नापजोख र हस्तक्षेप प्रती नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गीय संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ, यो हाम्रो राष्ट्रियतामाथीको हस्तक्षेप भएकाले यस हर्कतको घोरभर्सना गर्दछौं र भारतलाई यो प्रकारको हकंत नगर्न चैताबनी दिदै यो प्रेस बिज्ञप्ती जारी गरेका छौँ र यस घटनाको विरोधमा भोलि कार्तिक २३ दिउँसो २ बजे माईतिघर मण्डला हुने बिरौध प्रदर्शनमा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्दिजीवी, युवा, विद्यार्थी, पत्रकार ,वकिल लगायतमा अनुरोध गर्दछौँ ।”

प्रतिक्रियाहरु

[anycomment]