सुस्तामा भारतीय नापजाँच विरुद्ध प्रदर्शन

२०७८ कार्तिक २३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको बिरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन । उक्त विरोध प्रदर्शनमा भारतीय हस्तक्षप मुर्दावाद, सुस्तामाथिको हस्तक्षप बन्द गर, एमसीसी चाहिँदैन्, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, बैज्ञानिक समाजवाद जिन्दावाद, जनमत संग्रहको घोषणा गरलगायतका नारा लगाइएको थियो ।
उक्त विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष बन्धु चन्दले नेपाल सरकारले भारतीय हस्तक्षपका विरुद्धमा नबोल्नु दलालीको पराकाष्ठ भएको बताइन् । उनले भारतीय एसएसबीको टोलीले नेपालको भुमि नापेर गएकोमा आपत्ति जनाउदै भनिन – ” सुरक्षाका लागि खटिएको प्रहरी बोल्दैन्, गृहमन्त्रालयको संयन्त्र त्यहाँ छ त्यो पनि केही बोल्दैन् । यो दलालीको पराकाष्ठ हो ।’ अध्यक्ष चन्दले यो दलालीकरण र दला सत्ता नढलेसम्म सीमाको समस्या समाधान नहुने बताउदै त्यसका लागि नेपालमा वैज्ञानिक समाजवाद आवश्यक भएको ठोकुवा गरिन । उनले वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा लामबद्ध हुन सबै नेपालीलाई अपिल गरिन् ।
यसैगरी , सो बिरोधसभालई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले भारतले नेपालको भुमि नापेको मात्र नभई नेपालीहरुको हैसियत नापेको बताए। ‘भारतीय एसएसबीले नेपालको जमिन मात्र नापेको होइन्, राष्ट्रवादी नेपालीहरुको हैसियत पनि नापेर गएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘त्यसका लागि भारतीय हस्तक्षपका विरुद्धमा एक पटक नेपाल जुरुक्क उठ्नपर्ने बेला आएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]