‘कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौ ‘

२०७८ कार्तिक २८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यहि कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न आम जनतामा अपिल गरेको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले एक अपिल जारी गर्दै सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न सबैलाई आह्वान गरेका छन । इन्चार्ज प्रज्वलनले जारी गरेको अपिलमा भनिएको छ- ‘सरकारले हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्काे मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित छ । सरकारको यसप्रकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ । यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आमजनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व हो ।’
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले जारी गरेको अपिल यस प्रकार रहेको छ – ‘आदरणीय व्यवसायी र पेसाकर्मी मित्रहरू, हाम्रो पार्टी देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको विषय यहाँहरूलाई अवगतै छ । देशमा मौलाएको भ्रष्टाचारविरुद्ध र जनअधिकारका लागि सङ्घर्ष गर्ने क्रममा राज्यबाट हाम्रो पार्टीमाथि लादिएको कठोर दमन र प्रतिबन्धको समेत सामना गर्दै अघि बढ्यौँ । हाल प्रतिबन्धको अन्त्यपछि पनि हामी हाम्रो लक्ष्य र नयाँ वैकल्पिक राजनीतिक एजेन्डाहरूसहित जनपरिचालन र आन्दोलनमै डटिरहेका छौँ । विगतका जटिल परिस्थितिहरूमा यहाँहरूबाट प्राप्त साथ र सहयोगप्रति हाम्रो पार्टी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।
विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) ले पैदा गरेको भयावह परिस्थिति र लकडाउनका कारण आमजनसमुदाय र देशको आर्थिक मेरुदण्ड औद्योगिक र विभिन्न व्यावसायिक क्षेत्रमा पारेको नकारात्मक प्रभाव तथा सङ्कटको अवस्थामा जनसमुदायका साथै यातायत र उद्योगी–व्यवसायीहरूलाई राहत, क्षतिपूर्ति र करछूट गर्नका लागि हाम्रो पार्टीले सरकारसँग गरेको माग र सङ्घर्षबारे पनि व्यावसायिक संस्था र मित्रहरू जानकार नै हुनुहन्छ ।
यसरी सर्वत्र कठिनाइ भोग्न बाध्य नेपाली जनता र व्यवसायीहरूको सङ्कटमा सहयोग गर्नुको सट्टा सरकार दिन–प्रतिदिन मूल्य वृद्धि गरेर जनतामा थप कष्ट थोपर्दैछ । हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्काे मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित छ । सरकारको यसप्रकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ । यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आमजनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व हो ।
त्यसैले मूल्यवृद्धिका विरुद्ध आह्वान गरिएको कात्तिक ३० गतेको नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]