मगर मुक्ति मोर्चाको चौथौ राष्ट्रिय सम्मेलन मंसिर ८ देखि

२०७८ मंसिर २ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा नेपालको ऐतिहासीक चौथौ राष्ट्रिय सम्मेलन यहि मंसिर ८ देखि १० सम्म हुने भएको छ । मोर्चाको सम्मेलनको उद्घाटन नेकपाको पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ८ गते हुने र नेकपाका महासचिव विप्लवले सम्वोधन गर्ने मोर्चाले जनाएको छ । मोर्चाको वन्द सत्र मंसीर ९ र १० गते म्याग्दीको वेनीमा हुने मगर मुक्ति मोर्चा नेपालले निर्णय गरेको छ । मोर्चाको चौथो सम्मेलन आयोजक समितिको नवलपुरमा सोमवार वसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरको अध्यक्षता एवं नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतामा भएको बैठकमा सम्मेलन आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकले सम्मेलनको अन्तिम तयारीबारे छलफल तथा विभिन्न जिम्मेवारी समेत बाँडफाड गरेको छ । जस अन्तरगत सम्मेलन उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापन साउण्ड सिस्टम लगायत व्यवस्थापनमा निरू थापा, अतिथि सत्कारमा सुदर्शन थापामगर र सुचना तथा सञ्चारमा भिम प्रकाश पुनमगरलाई जिम्मा दिने निर्णय गरिएको छ भने मेस व्यवस्थापनमा इन्द्र घर्तीमगर र आवास व्यवस्थापनमा मोहन सारूलाई जिम्मा दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]