जनगणतान्त्रिक सम्पर्क मन्चको तेस्रो राष्ट्रिय सम्मेलन माघ ८ देखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मन्च केन्द्रीय समितिको तेस्रो राष्ट्रिय सम्मेलन आगामी माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । मन्चको हालै काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको बताइएको छ । जनगणतान्त्रिक सम्पर्क मन्च केन्द्रीय समितिका अध्यक्ष कमरेड कमानसिह अध्यक्षता र फ्र्याक्सन इन्चार्ज कमरेड मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो बैठकले आगामी २०७८ माघ ८ र ९ गते मंचको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न गर्नेलागायत संघर्षको कार्यक्रमहरुलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको बताइएको छ ।
