नेकपानिकट जनवर्गीय संगठनद्वारा आयल निगमका प्रमुखलाई ज्ञापन पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुले मूल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै नेपाल आयाल निगमका प्रमुख सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । टेकुमा रहेको निगमको कार्यालयमा पुगेर विभिन्न नेकपानिकट १६ वटा जनवर्गीय संगठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध संघर्षका कार्यक्रम अनुसार आज ज्ञापन पत्र बुझाइएको हो । शुक्रबार विहान ११ बजे दलबलसहित पुगेको टोलीले पौडेललाई भेटेरै ज्ञापन पत्र बुझाएको होे । उक्त टोलीको नेतृत्व नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष बन्दु् चन्दले गरेकी थिइन् ।
नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुले जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेको मुल्य बृद्धि फिर्ता लिन दवाव दिदै ज्ञापनपत्र बुझाइएका हुन् ।
निगमको गेटमा भएको नारा सुलुस पछिको कोणसभालाई सम्बोधान गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष बन्दु् चन्दले सामान्य अवस्थामा मूल्य बृद्धि फिर्ता हुन् अवस्था नरहेको बताइन् । पौडेललाई बुझाएको ज्ञापन पत्र बाचन गर्दै उनले निर्णयक आन्दोलनका लागि तयार रहन सम्पूर्ण नेपाली जनतालाई अपिल गरिन् ।
आयाल निगम गेटमा ठूलो संख्यामा जम्मा भएका नेकपा नेता तथा कार्यकर्ताले मूल्यबृद्धिविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले दलाल सुरेन्द्र पौडेल राजीनामा दे, मूल्य बृद्धि फिर्ता गर, जनतामारा सरकार चाँहिदैन्, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृज जनक्रान्ति जिन्दावाद लगायतका नाराहरु लगाएका थिए । घोषित संघर्षका कार्यक्रमअनुसार मंसिर ५ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेका छ भने मंसिर ६ गते नेपाल आयल निगम घेराउ गरिने छ ।
