विप्लव र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल

२०७८ मंसिर ४ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटमा नेकपाका महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा नेकपाका महासचिव विप्लव र माओवादी केन्द्रका तर्फबाट प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महरा सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]